देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओखलढुंगाको चम्पादेवीमा राहत वितरण

0

(उत्तम फुँयाल/ओखलढुंगा ) – ओखलढुंगा को चम्पादेवी गाउँ पालिकालेगाउँपालिका भित्रका विपन्न तथा असहाय नागरिकलाई राहत वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष नबराज केसी, गाउँ पालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक निर्मला देवि रैका मगर, राहत सङ्कलन वितरण समितिका संयोजक तथा गाउँ पालिकाका प्रवक्ता अजय लुइँटेल,स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षासेवि, समाजसेवी,बुद्धिजीवी, शशस्त्र प्रहरी वल,प्रहरी चौकी चुप्लु घोराखोरी र स्थानीय नागरिकको सहभगितामा गरिव,दुखी,सर्वहारा वर्गलाई गाउँ पालिका अध्यक्ष केसिले उक्त राहत वितरण गरेका हुन् ।

विश्व मानव सभ्यता मााथि आतंक बनाएको कोरोना भाइरसले चम्पादेवि ८ का आम नागरिकको जनजिबन सङ्कट्मा परेको गाउँपालिकाको बैठकले मुल्यांकन गरि उक्त वडाका दिनमा काम नगरी रातमा छाक नटर्ने घर परिवारलाई राहत वितरण गरिएको र दाल,चामल,नुन लगाएतका खाद्यान्नको राहत सामग्री चम्पादेविका सबै वडामा राहत वितरण सप्पन्न गरिएको राहत वितरण संङ्कलन समितिका संयोजक लुइँटेलले बताएका छन् ।

नेपाल सरकारले गरेको निरन्तर लकडाउन समयको प्रतिकुल पनि उक्त खाद्यान्न राहत उपलब्ध गराइ सम्मान र सफलता पुर्वक वितरण गरेकाले उक्त वडाका जनतामा खुसी छाएको कावा वडा अध्यक्ष निरु गुरुङले वताएकि छिन।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार