देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओमिक्रोन अझै बढे स्मार्ट लकडाउन गर्ने सरकारको तयारी

0

काठमाडौं – सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या थप बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितको बैठकमा सहभागीले ओमिक्रोन भेरियन्ट संक्रमित संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने बिषयमा सहमति भएको थियो ।

बैठकपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार स्मार्ट लकडाउनमा जाने बिषयमा छलफल भएको जानकारी दिए ।

भारतबाट प्रवेश गर्ने नाकामा कोरोना परीक्षणलाई प्रभावकारी बनाउने, आइशोलेशन वार्ड निर्माण गर्ने र त्यसको समन्वयनको कार्य प्रमुख जिल्ला अधिकारीले गर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार