देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओलि समूहले बनायो ११ सय ९९ जनाको महाधिवेशन आयोजक समिति , महाधिवेशन आगामी २०७८ मंसिर २ गते

0

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले १ हजार १ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने भएको छ ।

ओलि समूहले आगामी २०७८ मंसिर २ गते पार्टीको महाधिवेशन तोकिसकेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार बहाल रहेका ४ सय ४६ मा ५ सय ५६ जना थप गर्ने र अरु १ सय ९७ थप गर्न सकिने गरी आयोजक कमिटी बनाउने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १ हजार १ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय गरेको हो ।

नेकपा ओली समूहको महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने भएको छ ।

बालुवाटारमा मंगलबार बसेको बैठकले महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने निर्णय गरेकाे हाे ।
यस्तै बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई चयन गरेको छ । ५५६ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ ।

यस्तै भेलाले महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन पारित गरेको छ। महासचिवद्वारा पेश भएको प्रतिवेदनलाई सर्वसहमतिमा पारित गरेको हो।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार