देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओलीकै शैलीमा प्रचण्डको देवत्वकरण

0

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को ८औँ राष्ट्रिय महाधिवेशनको उद्घान सत्र सम्पन्न भएको छ।

राष्ट्रिय सम्मेलन भनिए पनि अन्तिम समयमा आएर महाधिवेशन भनिएको उद्घान सत्रको कार्यक्रम प्रज्ञा भवनमा औपचारिक रुपमा सम्पन्न भइसकेको छ।

यसअघि विधान सम्मेलनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्विर पनि गोदावरीमा त्यसैगरी सजाइएको थियो। जसलाई कतिपय कार्यकर्ताले देवत्वकरण भनेर आलोचना समेत गरेका थिए।

ओलीलाई देवत्वकरण भनेर आलोचना गरिएकै शैलीमा प्रचण्डको तस्विर पनि प्रज्ञा भवनको मूल गेटको ठिक अगाडि पूर्णकदको तस्विर पनि राखिएको छ।

प्रचण्डको तस्विरसँग जोडिएर फोटो खिच्न माओवादी नेता कार्यकर्ताको ठुलै भिडभाड चलिरहेको देखिन्थ्यो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार