देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओलीको परिवारवाद – मामा साइनो लाउने एकै घरका चार जनालाई राजनीतिक नियुक्ति

0

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली परिवारवादको पोखरीमा चुर्लुम्मै डुबेका छन् । ओलीका भान्जा पर्ने दोलखाका बालकृष्ण शिवाकोटीको परिवारका ४ सदस्यले राज्यका विभिन्न निकायमा नियुक्तिको अवसर पाएका छन् ।

बालकृष्ण शिवाकोटीको पार्टीमा कुनै योगदान नै नभए पनि उनका भाइ रमेश शिवाकोटी, बहिनी कमला शिवाकोटी र पछिल्लो पटक श्रीमती दिपा दाहालले नियुक्ति पाएका छन् । शिवाकोटीको परिवारमा उनकी श्रीमतीको सरकारी निकायमा नियुक्ति हुन बाँकी थियो जुन ओलीले पूरा गरिदिएका छन् ।

बालकृष्ण शिवाकोटीको श्रीमती दीपा दाहाललाई २०७८ जेठमा वन पैदावर विकास समितिको निर्देशकमा नियुक्ति गरिएको छ । बालकृष्णले भाइ रमेश शिवाकोटीलाई २०७८ बैशाखमा पशुपति विकास कोष संचालक परिषदको सदस्यमा नियुक्ति गराएका थिए ।

शिवाकोटी यसअघि पनि कोषकै सदस्य थिए । उनको कार्यकाल सकिएको एक बर्ष पनि भएको छैन, फेरि नियुक्ति गराउन बालकृष्ण सफल भए । पशुपति विकास कोषमा हुने ठेक्कादेखि धेरै कुरामा बालकृष्णको रुची गहिरो रहेको स्रोत बताउँछ ।

बालकृष्णकी भान्जी नाता पर्ने कमला ओलीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको संचालकमा नियुक्ति दिएका छन् ।

ओलीलाई मामाको साइनो लाउँदै बैध अवैध अनेक तरहले करोड होइन, अरबौं सम्पत्ति थुपार्न सफल दोलखाका बालकृष्ण शिवाकोटी स्वयं लगानी बोर्डका सदस्य छन् । एक कार्यकाल सकिएपछि उनी फेरि नियुक्त भएका हुन् ।

ओलीको शासनमा सबैभन्दा बढी फाइदा लिनेमा बालकृष्ण शिवाकोटीको परिवार देखिएको छ । राज्यका नियुक्ति ओलीले शिवाकोटी परिवारका लागि बक्सिस नै दिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार