देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओलीलाई जवाफ दिँदै गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलपनहरुको प्रलाप’ भनेको विषयमा आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

कांग्रेसको घोषणापत्र निर्माण समितिका संयोजकसमेत रहेका महामन्त्री थापाले पत्रकार सम्मेलन गरी ओलीको भनाइको जवाफ दिन लागेका हुन् ।

ओलीले मंगलबार मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रमा गालीको पुलिन्दा र ‘पागलहरूको प्रलाप भएको’ टिप्पणी गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार