देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओलीलाई प्रचण्डको प्रश्न : ‘तपाईंहरू मान्छेको टाउको काटेर हत्याराको रूपमा जेल बसेको होइन ?

0
<p>फोटो- रासस</p>

फोटो- रासस

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली मान्छेको टाउको काटेर जेल गएको आरोप लगाएका छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै प्रचण्डले ओलीलाई तपाईं पनि मान्छेको टाउको काटेर जेल गएको हो तर अहिले त्यसो भन्न मिल्छ ? भनेर प्रश्न गरेका हुन्।

ओलीप्रति अलि आक्रामक देखिएका प्रचण्डको प्रश्न थियो, ‘तपाईंहरू टाउको काट्ने मान्छे होइन? हत्याराको रूपमा जेल बसेको होइन? भन्यो भने के हुन्छ? त्यो भन्नु जायज हुन्छ? हिजाे फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो। जनतालाई धम्क्याएको कुरा गर्नुभयो। मैले यो विषय अलि बढी गम्भीर भएको ठानेको छु।’

अध्यक्ष प्रचण्डले शान्ति सम्झौतामार्फत १२ बुँदे समझदारी हुँदा ऐतिहासिक सहमति भएको बताए। ‘एउटा प्रक्रियामा हामी जान खोज्दैछौँ। फेरि यो कुरा किन? यस्तो भन्नु विल्कुलै जायज होइन। अहिले परिस्थिति नितान्त भिन्न भइसकेको छ’ उनले भने।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार