देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओलीले बादललाई मत मागेपछी प्रचण्डको ध्यनाकर्षण

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष के.पी. शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशका एमाले उम्मेद्वार रामबहादुर थापालाई मत मागेको बिषयप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले निर्वाचन आयोगले मौन अवधि सुरु गरिसकेको समयमा मतदातालाई पार्टीका उम्मेद्वारलाई मतदान गर्न अपिल गर्नुले आचारस‌ंहिताको गम्भीर उल्लंघन भएको बताएका छन् ।

‘के पी. शर्मा ओली नेकपा (एमाले)का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्रीसमेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्‍न गर्नु सरकारको दायित्व हो । यसविपरीत सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ,’ महराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ।

विज्ञप्तिमा प्रधानमन्त्रीको कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगसमक्ष आग्रह गरिएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार