देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष सहभागी

0

काठमाण्डौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा एमाले माधव नेपाल पक्ष उपस्थित हुने भएको  छ । नेपाल पक्षका केन्द्रीय सदस्यको शुक्रबार दिउँसो बसेको बैठकले यस्तो निर्णय गरेको नेता रघुजी पन्तले बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै पन्तले भने‘पार्टीभित्र बसेर सङ्घर्ष जारी राख्ने निर्णय भएको छ। जसरी साथीहरूलाई कुनामा पारिएको छ त्यसविरुद्ध लडिरहने भन्ने छ। अन्तिम समयसम्म एकताको लागि पहल गर्ने भन्ने निष्कर्ष बैठकले निकालेको छ।’

संसदीय दलको बैठकमा उपस्थित भएर पार्टीको पोलिटब्यूरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउन दवाव दिने तयारी भएको पन्तले बताए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार