देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओलीले बोलाए आकस्मिक बैठक

0

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । अध्यक्ष ओलीले आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक रूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

सचिव रिजालका अनुसार ‘अध्यक्षज्यूले आकस्मिक रूपमा बिहान १० बजे बोलाएको महाधिवेशन आयोजक कमिटी बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन ।

असअघि शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठक बालाएर वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई बाहिर राखेर १९ सदस्यीय स्थायी समिति बनाएका थिए ।

आजको बैठकबाट स्पष्टीकरण सोधिएका नेपाल समूहका २७ सांसदको विषयमा निर्णय गर्ने सम्भावना रहेको स्रोतले बतायो । स्पष्टीकरण सोधिएका मध्य अधिकांशले जवाफ बुझाएका छन् । नबुझाएकालाई के गर्ने भन्‍ने विषयमा छलफल हुने एक नेताले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार