देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘ओली आउनुहुन्न हामी नै बालकोट जाउँ’ – प्रचण्ड

0

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन्।

राजनधानीमा सम्पादकहरुसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन्। ‘प्रतिपक्षी दलले संसदमा विरोधमा उत्रिरहेको छ। सदनमा तमासा भइरहेको छ। त्यही भएर मैले त प्रधानमन्त्रीज्यूलाई उहाँ आउनु हुन्न, तपाईँ र म बालकोट नै जाउँ भनेको छु,’ उनले भने।

उनले ओलीलाई भेटेरै सदन नरोकिदिन आग्रह गर्न प्रधानमन्त्रीलाई भनेको बताए। ‘प्रधानमन्त्रीज्युले कांग्रेसको महाधिवेशनपछि भन्नुभएको थियो। हाम्रो राष्ट्रिय सम्मेलनपछि उहाँ आउन नमान्ने हो भने हामी नै जाने सोँचमा छौं,’ उनले भने।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार