देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओली पक्षीय सांसदहरू बालुवाटारमा

0

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

प्रतिनिधिसभा विघटन गरेपछिको अवस्था बुझ्नका लागि प्रधानमन्त्री ओलीले आफू पक्षका सांसदहरूलाई सोमबार बालुवाटार बोलाएर छलफल गरेका हुन् । पछिल्लो अवस्थाबारे जानकारी दिनका लागि र अवस्था बुझ्नका लागि प्रधानमन्त्रीले बालुवाटार बोलाएको ओली निकट एक सांसदले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री लेखराज भट्ट समेत सहभागी छन् । बालुवाटारमा ओलीले बोलाएको निर्वतमान सांसदहरुको भेलामा पूर्व माओवादी समूहबाट गृहमन्त्री समेत भएका सचिवालय सदस्य रामबहादुर थापा गएका छैनन् ।

प्रधानमन्त्री ओलीले आफू निकट केही सांसद र नेताहरूसँग आइतबार साँझ पनि छलफल गरेका थिए । यसअघि आइतबार प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यको अनुपस्थितिमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार