देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘ओली राजावादीसँग मिलेनन् भने कान काटेर फालिदिन्छु’ : मन्त्री खतिवडा

0

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आगामी बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राप्रपा र राजावादी दलसँग मिल्ने बताएका छन् ।

मंगलबार गोरखा अस्पतालको भवन उद्घाटनपछि पत्रकारसँगको कुराकानीमा मन्त्री खतिवडाले ठोकुवा गर्दै भने, ‘राजावादीसँग मिलेर चुनाव लडेनन् भने दुइ कान त भन्दिनँ सुन्नुपर्छ, एउटा कान चाहिँ काटेर फालिदिन्छु ।’

ओलीले पाँच दलीय गठबन्धनको विरोध गर्दै राप्रपा र नागर्जुनसँग खुसुखुसु गरेको आरोप लगाउँदै उनले भने ‘केपी ओलीले राप्रपा र राजवादीसँग गठबन्धन गर्दैछन्, त्यो छोप्न यता कम्युनिस्ट भएर माधव नेपाल र प्रचण्डले शेरबहादुर र काग्रेससँग गठबन्धन गर्‍यो भन्दै छन्,’ उनले अगाडी भने,‘चिल आयो चिल आयो भनेर स्यालले कुखुरा लगेजस्तो गर्ने, यता आफू लुसुक्क नागर्जुन र राप्रपासँग खुसुखुसु गर्ने । उता गठबन्धनको विरोध गर्ने ।’

यस्तै मन्त्री खतिवडाले यस्तो गठबन्धन विश्वभर नै हुने भन्दै उनले ओलीले पनि गठबन्धन नै गरेर २०७४ को निर्वाचत जितेको सन्दर्भ जोडेका थिए । ‘२०७४ मा केपी ओलीले एमाले, माओवादी, हृदयश त्रिपाठी, जनमोर्चा राप्रपाका लिङदेनसँग मिलेर जितेको उनले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार