देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओली र दाहालबीच संचार र अर्थ मन्त्रालयमा लफडा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असहमतिका कारण लामो समयदेखि तीन मन्त्रालय खाली छन् । नेकपाको भदौ २६ गते स्थायी समितिको बैठकले मन्त्रीहरुको टुंगो लाउने जिम्मा दिए पनि एक महिना भइसक्दा पनि सहमति हुन सकेको छैन ।

शुरुमा अर्थमन्त्रालयको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमलाई दिने प्रस्ताव गरेका दाहालले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा जोडबल गरेका छन् । अहिले अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय रिक्त छ । पार्टी एकीकरण अघि तत्कालिन दुई पार्टीबीच भएको भागबन्डाअनुसार ती तीन ओटै मन्त्रालय पूर्वएमाले समूहको भागमा थियो ।

प्रधानमन्त्री ओली पनि सहरी विकास मन्त्रालय बाहेक अरु मन्त्रालय पूर्व माओवादी समूहलाई दिन तयार छैनन् । अर्थमन्त्रीले देशको ढुकुटी चलाउने र संचारमन्त्री सरकारको प्रवक्ता हुने भएकोले यिनमा ओली अडान कायम रहेको बताइएको छ ।

तर, अहिले पुर्नगठनको तयारी भइरहँदा तीन मन्त्रालयमध्ये आकर्षक मानिने अर्थ र सहरी विकास मन्त्रालय छाडेर प्रचण्डले लगातार सञ्चारमा अडान राख्दै आएको उच्च स्रोतले जनाएको छ ।

पूर्वएमालेको भागमा रहेको मन्त्रालय त्यो पनि अरू आकर्षक मन्त्रालय छाडेर लगातार प्रचण्डले सञ्चारमा अडान राख्नुलाई नेकपा पंक्तिमा मात्र होइन, सबैतिर आश्चर्यका रूपमा लिइएको छ । त्यसै पनि प्रिन्टिङ मेसिन खरिदमा विवादमा तानिएर बाँस्कोटाले राजीनामा दिएका कारण उक्त मन्त्रालय सम्हाल्ने विषयमा सर्वत्र चासो छ ।

तर पनि जस्तासुकै जोखिमको पनि बेवास्ता गर्दै प्रचण्डले त्यसैमा जोडबल गरिरहेका छन् । सामान्यतया सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले विश्वासपात्र व्यक्तिलाई मात्र संचारको जिम्मेवारी दिने चलन छ ।

दाहालले भने संचारमन्त्रालयमा ठुलो आर्थिक चलखेल हुने भएकोले यसमा आँखा लगाएको स्रोतले बतायो । मेसिन खरिद, अप्टिकल फाईवर खरिद लगायतका धेरै बिषयमा बैधानिक कमिसन आउने भएकोले प्रचण्डले संचारमा अडान लिएको आंकलन एकथरीको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार