देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कक्षा ११ को परीक्षा जेठ १६ गतेदेखि (सूचनासहित)

0

काठमाडौं  – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा जेठ तेस्रो साताबाट सञ्चालन गर्ने भएको छ।

२०७८ को कक्षा ११ को परीक्षा कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्न बोर्डले विद्यालयलाई निर्देशन दिएको हो।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेको बोर्डले जनाएको छ।

बोर्डले विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर प्रदेश परीक्षा व्यवस्थापन कार्यालयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराउने जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार