देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कक्षा १२ को नतिजा यसै साता भित्र सार्वजनिक गर्ने तयारी

0

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यसै साता भित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।बोर्डका अनुसार परिक्षाको नतिजा पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको हो ।

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण ढिलोगरी सञ्चालन भएको थियो ।

नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा देशभर ४ हजार १०५ परीक्षा केन्द्र थिए । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार