देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि

0

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बार्षिक परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन गर्ने भएको छ।

परीक्षा तालिका भने शुक्रबार मात्र सार्वजनिक गरिने बोर्डका एक अधिकारीले जानकारी दिए। उनका अनुसार शुक्रबार बस्ने बोर्ड बैठकले जेठ १८ बाट परीक्षा सञ्चालन गर्ने प्रस्ताव स्वीकृति गरेपछि सम्भवतः साेही दिन तालिका सार्वजनिक गरिनेछ।

परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गरिने बताइएको छ। शुक्रबार बस्ने बैठकले प्रश्नपत्र अनलाइनका माध्यमबाट पठाउने निर्णयसमेत गर्नेछ।

यसअघि बोर्डले यस वर्षको एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार