देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कक्षा ९ मा पढ्ने छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

0

काठमाडौं – ललितपुरमा कक्षा ९ मा पढ्ने छात्रामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ।

बागलुङ घर भई ललितपुरको कुपण्डोलमा बस्ने २३ वर्षीय लिटल फ्लावर स्कुल, शंखमुलका गणित शिक्षक अशोक परियार पक्राउ परेका हुन् ।

लिटल फ्लावर स्कुल, शंखमुलमा पढ्ने नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार शिक्षकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धीबिक्रम शाहले जानकारी दिए।

‘जबरजस्ती करणीको कसुरमा जाहेरी दिनुभएको छ। प्रेम सम्बन्धको नाममा बलात्कार गरेको भनेर आएको छ,’ एसएसपी शाहले भने,‘परिवारले थाहा पाएपछि परिसरमा आउनुभएको हो।’

नाबालिग छात्रालाई प्रेमको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै परिवारले मंगलबार प‍रिसरमा जाहेरी दिएका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार