देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कटुवा पेस्तोल र गोली सहित धनुषाबाट २ पक्राउ

0

(धनुषा) – कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली सहित धनुषाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका–८ हरिने बस्ने २० वर्षीय सुनिल कुमार साह समेत २ जना रहेका छन् ।

शहिदनगर नगरपालिका–३ झण्डा चोकबाट कटुवा पेस्तोल १ थान र सोको गोली ३ राउण्ड सहित उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विषेश सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय यदुकुवाबाट खटिएको प्रहरीले निज सुनिलले हाँकेको ज १२ प ५१६५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार