देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कटुवा पेस्तोल र सकेट बम सहित ललितपुरबाट एक पक्राउ

0

(ललितपुर) – कटुवा पेस्तोल र सकेट बम सहित ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–११ ईखाछे बंगलामुखी बस्ने ४१ वर्षीय श्याम भन्ने सानुराज बज्रचार्य रहेका छन् ।

उनलाई कटुवा पेस्तोल १ थान र सकेट बम ३ थान सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले बज्रचार्यको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त पेस्तोल र बम फेला पारेको हो ।

साथै उक्त सकेट बम नेपाली सेनासँगको समन्वयमा सुरक्षित ठाउँमा लगि डिस्पोज गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार