देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कटुवा पेस्तोल सहित भक्तपुरबाट एक पक्राउ

0

काठमाडौं – कटुवा पेस्तोल सहित भक्तपुरबाट एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जगातीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सोमबार राति सूर्यविनायक नगरपालिका–९ भातेढिकुर स्थित सडक छेउमा हिँड्दै गरेको अवस्थामा बारा फेटा गाउँपालिका–३ का ४१ वर्षीय शम्भुप्रसाद साह कानु प्रक्राउ परेका हुन् ।

उनको साथबाट १ थान कटुवा पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको वृत्त प्रमुख चक्रराज जोशीले बताए । कटुवा पेस्तोल सहित पक्राउ परेका साहलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा म्याद थप गरी कारबाही थालिएको उहाँले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार