देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कतारका राजाको सम्मानमा राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना

0

काठमाडौं  राष्ट्रपति रामचन्द्र पौडेलले रात्रिभोजको आयोजना गरेका छन् । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज (मंगलबार) साँझ रात्रिभोजको आयोजना गरेका हुन् ।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो।

त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपतिलगायतको सहभागिता रहेको थियो।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आज (मंगलबार) अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई स्वागत गरेका थिए। कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।

शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो। बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार