देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कपिलवस्तुमा डबल पुरुष ब्याडमिण्टन प्रतियोगिता सुरु

0

कपिलवस्तु – कपिलवस्तुको जीतपुरमा आयोजित दुई दिने खुल्ला राष्ट्रिय डबल पुरुष ब्याडमिण्टन प्रतियोगिता बुधबार सुरु भएको छ । लागू औषधको दुब्र्यसनीमा फसेका र पुनस्र्थापित भएका युवालाई खेलमा आकर्षित गर्न आयोजित प्रतियोगितामा स्थानीय र राष्ट्रिय खेलाडी सहभागी छन् ।

३६ जोडी सहभागी रहेको प्रतियोगितामा आज स्थानीय र लुम्बिनी प्रदेशका खेलाडीहरुको प्रतिस्पर्धा गराईएको थियो । बिहीबार राष्ट्रिय स्तरका खेलाडीको प्रतिस्पर्धा गराईनेछ ।

जीतपुरस्थित बुद्ध रंगशालामा नवनिर्मित कर्भड हलमा सञ्चालित प्रतियोगितामा आर्मीको विभागिय टोली सहित नेपालबाट ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी समेत संलग्न छन् ।

वाणगंगा नगरपालिका–४ कार्यालयद्वारा आयोजित प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने जोडीले क्रमश: ६६ हजार, ३३ हजार र १६ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार