देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कमलपोखरीमा रातारात डोजर चलाइयो

0

काठमाडौं – पुरातत्वको निर्देशनविपरीत ऐतिहासिक महत्वको कमलपोखरीमा सोमबार राति डोजर चलाइएको छ । कमलपोखरीमा तत्काल निर्माण कार्य रोक्न पुरातत्व विभागले आदेश दिए पनि आदेशको अवज्ञा गर्दै रातारात डोजर चलाइएको हो ।

पुरातत्व विभागले सोमबार दिउँसो मात्र काठमाडौं महानगरपालिकालाई चिठी लेखेर पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्नू भनेको थियो ।

सम्पदा संरक्षण अभियन्ता आलोकसिद्दी तुलाधरले सोमबार राति डोजर चलाएको जानकारी दिए । आफूहरुले त्यसलाई रोक्न पहल गरिरहेको उनले बताए ।

ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकूल असर नपर्ने गरी परम्परागत निर्माण सामग्री तथा प्रविधिको प्रयोग गरी कमलपोखरीको पुनर्निर्माण गर्न पुरातत्वले काठमाडौं महानगरपालिकालाई भनेको छ ।

उनले ट्वीटरमा लेखेका छन, ‘भूमाफियाले गरिरहेको सम्पदाको विनाश हामी कदापि सहन सक्दैनौं। यो दोहन रोक्न फिल्डमा ओर्लन्छौं। अहिले, तुरून्तै। साथ दिनुहोला ।’

काठमाडौं महानगपालिका–१ स्थित कमलपोखरीको ऐतिहासिकता मास्ने गरी पुनर्निर्माण भइरहेको भन्दै अभियन्ताहरुले त्यसलाई रोक्न माग गर्दै आएका छन् । ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई असर पर्ने गरी महानगरपालिकाले निर्माण अघि बढाएकाले पुरातत्वले काम रोक्न आदेश दिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार