देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कमल थापाको पार्टिको नाम ‘राष्ट्रिय एकता पार्टी नेपाल’ चिन्ह ‘कमलको फुल’

0

काठमाडौं – राप्रपा परित्याग गरेका कमल थापाले आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने भएका छन् । बिहीबार राजधानीमा बसेको बसेको थापा समूहको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।

बिहिबार बसेको बैठकले चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी उनी निकट नेता राजाराम बर्तौलाले जानकारी दिए । हिन्दुत्व, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्न नेता थापालाई जिम्मेवारी दिइएको छ ।

बैठकमा थापाले पार्टीको नाम र चुनाव चिह्न प्रस्ताव गर्न आग्रह गरेकोमा राष्ट्रिय एकता पार्टी नेपाल नाम राख्नुपर्नेमा जोड दिइएको बताइएको छ । त्यस्तै, चुनाव चिह्न हात्ती, आँखा, गुलाब वा कमलको फूल राख्ने प्रस्ताव नेताहरुले राखेका छन् ।

छलफलमा आएका नाम र चिन्ह मध्ये नाम राष्ट्रिय एकता पार्टी नेपाल र चिन्ह कमलको फूल राख्ने करिब सहमति भएको बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार