देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कम्युनिष्टहरु असफल हुँदा काँग्रेसले सरकारको नेतृत्व गर्ने अबसर पाएको हो’ – नेता सिंह

0

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनक भित्र रहेका केही दल भित्र काेआन्तरिक ब्यवस्थापन काे अलमल का मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताएका छन् ।

शनिबार गणेशमान सिहकाे २५ओैं स्मृतिम दिवसकाे अवसरमा गणेशमान सिंह फाउन्डेसनले शाेभाभगवतिमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै नेता सिहले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमा नेता सिंहले कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण गठबन्दनकाे निर्माण भयकाे समेत बताए । उनले कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफल स्वरुप नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अबसर पाएको बताए ।

त्यस्तै नेता सिंहले पार्टीको १४ औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समाधान गर्नु पर्ने बताए । ‘ पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको छ ।’ उनले भने ‘महाधिबेशन निष्पक्ष तवरले गर्नु पर्दछ । विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ ।’

अर्को प्रसङ्गमा नेता सिंहले साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दैे त्यसका लागी निरन्तर छलफल भईरहेको जानकारी दिए । तर आफु सभापतीको उम्मेद्वार बाट पछि नहट्ने उनको भनाई छ ।

कार्यक्रममा सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्याएको योगदानको स्मरण गरेका थिए । जस्तोसुकै अप्ठ्यारो परिस्थीतीमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको उनले बताए । साथै काँग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमुल्य योगदान रहेको नेता सिंहको भनाई थियो । नेता सिंह सर्वोच्च नेता गणेशमान सिंहका छोरा हुन् ।

कार्यक्रममा पुर्ब मन्त्री राजेन्द्र कुमार केसि कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र राज पान्डे , किरण गिरि कांग्रेस काठमाडौ सभापति सबुझ बानियाँ लगायत नेता कार्यकर्ता हरु काे उपस्थित रहेकाे थियाे

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार