देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कम तेल दिएर उपभोक्ता ठग्ने चार वटा पेट्रोल पम्प सिल

0

काठमाडौं – उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाडौंका चार वटा पेट्रोल पम्प सरकारले सिल गरेको छ ।

निरन्तर पम्पहरूको अनुगमन गरिरहेको सरकारी अनुगमन टोलीले पछिल्लो तीन दिनमा काठमाडौंका चार वटा पम्प सिल गरेको हो ।

अनुगमन टोलीले शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प, हल्चोकको सशस्त्र प्रहरीको पेट्रोल पम्प, कलङ्कीको श्यामा पेट्रोल पम्प र तीनकुनेको बाबा भ्याली पेट्रोल पम्प सिल गरेको हो ।

अनुगमन टोलीले आज बिहीवार हरिसिद्धि पेट्रोल पम्प सिल गरेको हाे । बुधवार सशस्त्र प्रहरीको पेट्रोल पम्प र श्यामा पेट्रोल पम्प सिल गरेको थियो भने मङ्गलवार बेलुका बाबा भ्याली पेट्रोल पम्प सिल गरेको थियो ।

सिल भएका पेट्राेल पम्पहरूलाई कारबाही गरेर मात्रै पुनः सञ्चालनको अनुमति दिइने सरकारले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार