देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

करणी उद्योग अभियोगमा पाल्पाबाट एक पक्राउ

0

पाल्पा – किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पाल्पाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा रामपुर नगरपालिका-५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गंगाले मादक पदार्थ सेवन गरी ती किशोरीलाई बुधबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार