देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कराते वर्ल्ड च्याम्पियनसिपमा निता र सोनिमलाई स्वर्ण

0

काठमाडौं – अनलाईन कराते वर्ल्ड च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य पदक हात पारेको छ । नेशनल कराते अफ ब्राजिलको आयोजनमा २ दिनसम्म चलेको प्रतियोगीतामा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य सहित १० पदक हात हो ।

नेपाल निता आचार्य र सोनिम मानन्धरले स्वर्ण जितिन् । ब्राउन बेल्टदेखि ब्लाक बेल्टसम्मको प्रतिस्पर्धा गराईएको च्याम्पियनसिपको १३ देखि २१ वर्ष उमेर समूहमा निताले २४.७० अंक प्राप्त गरिन् ।

यस्तै, पुरुषतर्फको सोही स्पर्धामा नेपालका सोनिम मानन्धरले २४.९६ अंकका साथ स्वर्ण हात पारे । उनले भारतको सायक कमाकरलाई पराजित गरेका थिए । निता र सोनिमले वेष्ट अफ दी वेष्टतर्फ पनि कास्य पदक प्राप्त गरे ।

निताको समूहमा ब्राजिलले स्वर्ण, पेरुले रजत र इन्डोनेसियाले कास्य पदक जिते । यस्तै, सोनिमको समूहमा मोरक्कोले स्वर्ण प्राप्त गर्दा इन्डोनेसियाले रजत र कास्य पदकमा चित्ता बुझायो ।

नेपालका लागि सञ्जु देसारले रजत पदक हात पारिन् । पुरुष तर्फको ग्रिन र ब्लाक बेल्टको ८ देखि ९ वर्ष उमेर समूहको स्पर्धामा सत्कार घर्ती मगरले कास्य पदक हात पारे ।

महिलाको ह्वाईट/एलो बेल्टको १४–१५ वर्ष समूहमा दीपिका सापकोटाले कास्य जितिन् । महिला जुनियर १३ देखि २१ वर्ष उमेर समूहमा मिस्ली श्रेष्ठले कास्य हात पारिन् । मास्टर्स ३२ देखि ४१ वर्ष उमेर समूहमा नेपालका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले कास्य पदक प्राप्त गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार