देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्णालीका मुख्यमन्त्रीमाथि नेकपाकै सांसदको अविश्वास प्रस्ताव

0

काठमाडौं – कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही विरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

नेकपा सांसदहरुले नेकपा प्रदेश सभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको उल्लेख छ । उनीहरुले तत्काल विधानको नियम १, २, ३ र ४ अनुसार बैठक राखेर प्रस्तावलाई निर्णयका लागि पेश गर्न माग समेत गरेका छन् ।

यसरी अविश्वासको प्रस्ताव पेश गर्नेमा नेता यमलाल कँडेल, चक्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अम्मर बहादुर थापा, सुशील कुमार थापालगायत १८ जना रहेका छन् ।

कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा रहेपनि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबण्डा हुँदा कर्णाली र सुदूरपश्चित माओवादी केन्द्रको भागमा परेपछि उनले मुख्यमन्त्री पाएका थिएनन् ।

121306480_3605289452835301_8262795349868483916_n.jpg

121050132_3605289529501960_3340775025425956806_n.jpg

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार