देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्णालीका मुख्यमन्त्री शाही राहत लिएर गमगढी जाँदै

0

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको सदरमुकाम गमगढीमा आगलागीबाट पीडित भएकालाई राहतको घोषणागरेका छन् ।

प्रभावितका लागि खाद्यान्न र त्रिपाल लिएर आगलागी प्रभावित क्षेत्रमा जानलागेका मुख्यमन्त्री शाहीले त्यहाँको स्थलगत अवलोकन पछि थप राहत वितरण गरिने जनाएका छन् ।

गएराति १२ बजेदेखि लागेको आगोका कारण २१  वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसार आगोले १८ वटा घर पूरै जलेका छन् भने घुम्ती पसल राखिएको दुई वटा घर पनि  जलेर नष्ट भएका छन् ।

आगो निभाउनका लागि एउटा घर भत्काइएको छ । गएराति १२ बजेदेखि लागेको आगो अघि बिहान १० बजे मात्र पूर्ण रुपमा निभाइएको छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी छ। 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार