देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कर्णालीमा मुख्यमन्त्री होइन मन्त्रीहरू फेरिन्छन्’ – जनार्दन शर्मा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कर्णाली सरकार यही रहने तर सहभागिता बदलिने बताएका छन्। शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वको सरकार यथावत रहने तर नेकपा एमालेको ठाउँमा नेपाली कांग्रेसबाट मन्त्रीहरू आउने उनको भनाइ थियो। सत्तागठबन्धन दलको स्पष्ट नीति र निर्देशनअनुसार कर्णाली प्रदेश सरकार सञ्चालन हुने पूर्वमन्त्री शर्माले बताए।

‘कर्णालीमा सरकार यही रहन्छ तर सहभागिता बदलिन्छ। अहिले भएको अलमल अन्त्य गरेर सरकार अगाडि बढाउने छौं। कांग्रेसले केही मन्त्रीको नाम दिन बाँकी रहेकाले संघीय सरकारले अझै पूर्णता प्राप्त गर्न सकेको छैन। सरकारले ल्याएका नीतिगत कुरा महत्त्वपूर्ण छन्। प्रशासनिक सुधारका लागि विकास विशेष अधिकार सम्पन्न समिति बनेको छ। काम भइरहेको छ,’ उनले भने।

कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँग पनि सरकारलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार