देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्णालीमा सरकार गठनको १५ दिनपछी बल्ल १ मन्त्री

0

काठमाडौं – कर्णाली सरकारको कृषि मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री शाहीले मंगलबार नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

कर्णालीमा सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमती जुट्न नसक्दा कार्तिक १५ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले हालसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन्।

आठ सदस्यीय मन्त्रिपरिषद्मा माओवादीले चार, समाजवादीले तीन र कांग्रेसले पनि तीन मन्त्रालय पाउनुपर्ने अडान लिएका छन्। मन्त्रालय बाँडफाँडमा सहमती जुट्न बाँकी नै रहँदा नयाँ सरकार बनेको दुई सातापछि मुख्यमन्त्री शाहीले मंगलबार कृषि मन्त्री नियुक्त गरेका हुन्।

भागबन्डा नमिलेकै कारण बाँकी मन्त्रीहरु भने मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै नियुक्त गरिने सत्तारुढ दलले जनाएका छन्। मुख्यमन्त्रीले विश्वासको मतका लिनका लागि छिट्टै प्रदेशसभा बैठक बोलाउने सरकारले तयारी छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार