देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्णाली नदीमा डोजर खस्यो, दुर्घटनामा दुई जनाको मृत्यु, तीन बेपत्ता

0

काठमाडौं – कर्णाली करिडोरस्थित रेगिल सडकखण्डमा स्काई भेटर डोजर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर शनिबार कर्णाली नदिमा खसेको हो।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन्। डोजर दुर्घटनामा सान्नित्रिबेणी-१ का अन्दाजी १७ वर्षीय चरित्र बिक र सान्नित्रिबेणी-१ का अन्दाजी १४ वर्षीका युवाराज बुढको मृत्यु भएको छ।

दुर्घटनामा परी सान्नित्रिबेणी-१ कै नर गीरीका छोरा उमेस गीरी, सान्नित्रिबेणी-१ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका  रास्कोट नगरपालिका-७ का मिलन शाहीको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । बेपत्ता भएका ३ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार