देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्णाली प्रतिष्ठानमा कार्यरत ६० जनाले दिए सामूहिक राजीनामा

0

काठमाडौं – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पुर्ण सेवा बन्द भएको छ। प्रतिष्ठानमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीले बुधबार सामूहिक राजीनामा घोषणा गरेसँगै प्रतिष्ठानको सम्पुर्ण सेवा बन्द भएको हो।

त्यहाँ कार्यरत ६० जनाले उपकुलपतिसमक्ष लिखित राजीनामा दिएको प्रतिष्ठानको बालरोग विशेषज्ञ डा.कमल थानीले बताए।

‘कानुनी राज्यको आभास नभएकाले र विरोधको नयाँ स्वरूपअनुसार हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरू आजकै मितिबाट सामूहिक राजीनामा पेस गरेका छौं।’ उनीहरूले यसको बोधार्थ प्रमुख जिल्ला अधिकारीलाई दिएका छन्।

यही भदौ २ गते ओपीडी सहायक शाही ६ वर्षीय छोराको टाउकोमा चोट लागेका कारण टाँका लगाइएको थियो। त्यही टाँका खोलेर विद्यालय पठाउने तयारी थियो।

ओपीडी नखुलेकाले शाहीले आकस्मिक कक्षमा डा. साहसँग टाँका काटिदिन आग्रह गरेका थिए। डा. साहले भने आकस्मिक कक्षमा त्यो काम नहुने बरु ओपीडी खुलेपछि आउन भनेको जनाइएको छ। छोराको उपचार नगरेको भन्दै कर्मचारी शाहीले डा. साहमाथि हातपात गरेका थिए।

डाक्टरमाथि हातपात गरी उल्टै डाक्टरविरुद्ध नै पक्राउ पुर्जी जारी गरिएको भन्दै त्यसको विरोधमा स्वास्थ्यकर्मीले मंगलबारदेखि ओपीडी सेवा रोकेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार