देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा

0

सुर्खेत – कर्णाली प्रदेश सरकारले असार १५ अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक बिदा हुने जनाएको हो ।

वैशाख १७ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताए ।

उनका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्लाबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द हुनेछन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार