देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एक शिशुसहित कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

0

(सुर्खेत) – कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७८ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या २७८ पुगेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यान, दैलेख र कालीकोटका १६ जनामा संक्रमण देखिएको हो ।

महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् । थप संक्रमितहरु सल्यानको कुमाख गाउँपालिका–३ का २ जना र दैलेखको नौमुले गाउँपालिका–८ का एक जना, नारायण नगरपालिका–२ का ५ जना र दुल्लु नगरपालिका–२ का एक जना रहेका छन् ।

त्यस्तै, कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिना २८ दिनको शिशुमा पोजेटिभ देखिएको महाशाखाले जनाएको छ । संक्रमितहरुमध्ये एक जना महिला र बाँकी पुरुष रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार