देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट

0

(सुर्खेत) – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार प्रदेशसभामा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रुपैयाँ विनियोजन गरेको बताए ।

पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशको न्यून आन्तरिक स्रोत, अन्तर सरकारी वित्त स्थानान्तरणबाट प्राप्त स्रोतमा हुने संकुचन र कोभिड–१९ का कारणले उत्पन्न परिस्थितिलाई ख्याल गर्दै प्रशासनिक खर्चमा कटौती गरिएको मन्त्री ज्वालाले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना केन्द्रित कार्यक्रमको लागि १ अर्ब ५० करोड रुपैयाँको कोष परिचालन गर्ने भएको छ । बजेट प्रस्तुत गर्दै मन्त्री ज्वालाले स्वास्थ्य, शिक्षा र खाद्यान्नको लागि कोषबाट बजेट खर्च गरिने बताए ।

प्रदेश सरकारले कोरोनाको कारण संभावित खाद्य संकट नियन्त्रणको लागि आधारभूत खाद्यान्न खरिद र ढुवानीका लागि ५० करोड विनियोजन गरेको छ ।

यस्तै, आगामी आर्थिक वर्षमा मन्त्री, राजनीतिक कर्मचारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च तथा जोखिम भत्ता समेत कटौती गरिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार