देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

0

काठमाडौं  – कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई १६ वर्षपछि प्रहरीले काठमाडौंबाट सोमबार पक्राउ गरेको छ ।

फरार अभियुक्त झापाको मेचीनगर नगरपालिका-७ आर्यावारी घर भएका ३३ वर्षीय हरि गिरी तथा सनोज गिरी भन्ने राम कुमार गिरीलाई घटनाको १६ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं रानीबारी डेरा गरी बस्ने चितवन कठार घर भएका १८ वर्षीय जीवन लोहनीको २०६१ माघ १९ गते साँझ काठमाडौं सामाखुशीमा हत्या गरेको घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न रहेको मुद्दामा जिल्ला अदालत काठमाडौं २०६४ असार ११ गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका गिरीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनाराण नगरपालिका-७ बाट पक्राउ गरेको हो ।

उक्त घटना पश्चात गिरी केही समय विदेश समेत बसी पुन: नेपाल आई सनोज गिरीको नामबाट नेपालका विभिन्न स्थानमा लुकिछिपी बस्ने गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको उक्त महाशाखाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार