देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ

0

झापा – कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी शिवसताक्षी नगरपालिका-२ बस्ने २८ वर्षीय डम्बर ताजपुरियालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत झापाको २०७६ फागुन ८ गतेको फैसला अनुसार कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिई फरार रहेका डम्बरलाई बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार