देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

0

(धादिङ) – केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी धादिङबाट पक्राउ परेका छन् ।

थाक्रे गाउँपालिका–६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई सोही ठाउँबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

अंश सम्बन्धी विवादको कारण थापाले आफ्नै सौतेनी आमा साईली थापालाई २०५८ माघ १४ गते घाँटी थिचेर हत्या गरी फरार भएका थिए । फरार थापा लामो समयसम्म काठमाडौं टेकुमा लुकीछिपी बसी पछिल्लो समयमा आफ्नै घरमा गएर बसेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

थापालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार