देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्मचारीहरुबाटै कोरोना सङक्रमणको जोखिम बढेको गुनासो

0

देवराज सुवेदी – सिन्धुपाल्चोक जिल्लामा कोरोनाको महामारी फैलदै गएपछि जारी लबस्तरो लकडाउनको अन्त्य हुनै लागेपनी यसको जोखिम अझै बढ्दै गएको छ । कोरोनाको कारण हाल सम्म ३ जनाको मृत्यु भइसकेको छ भने ९९ जना सङक्रमित पुगेका छन् ।

कोरोना रोकथामको लागि स्थानीय तहले बिभिन्न कामहरु गरीरहेका छन् भने लाखौँ खर्च पनि गरेका छन् । तर जिल्ला बासि हरु सरकारी – गैह् सरकारी कार्यालयका कर्मचारीहरुबाट त्रसित बनेका छन् । जिल्लाका १२ वटै स्थानीय तहका कर्मचारीहरु शुक्रबार काठमाण्डौ जाने र आइतबार कार्यालय फर्कने प्रबृतिले कोरोना सङक्रमण को झनै जोखिम बढेको स्थानीयले बताएका छन् ।

राजधानी काठमाण्डौ संग नजिकको दुरीमा सिन्धुपाल्चोक रहेकोले पनि यहांका अधिकाशं स्थानीय तहका कर्मचारीहरु शुक्रबार काठमाण्डौ जाने र आइतबार कार्यालय फर्कने गरेका छन् । कोरोना कहरको यो समयमा अनाबश्यक आउँ जाउ नगर्न कर्मचारीहरुलाई आग्रह गरेपनि अटेर गर्ने गरेको जिल्लाका स्थानीय तहका प्रमुखहरुले बताएका छन् । केही समय अघि मात्रै एक गैह् सरकारी कार्यालयका कर्मचारी र तिनका सम्पर्कमा आएका ८ जनामा कोरोना सङक्रमण पुष्टि भएको थियो । काठमाण्डौ बाट सिमा जोडिएको मेलम्ची नगरपालिकामा पनि मानिसहरुको बाक्लो ओहोर दोहोर बढेपछि स्थानीयहरुमा त्रास बढ्दै गएको छ ।

काठमाण्डौ बाट रातारात गाउँ आउने र खुलेआम हिँडडुल गर्ने गरेको मेलम्ची ७ का राजन श्रेष्ठले गुनासो गरे । जिल्लामा दुई साता देखि जारी लकडाउन को आज अन्तिम दिन कोभिड १९ रोकथाम तथा बिपद व्यवस्थापन समितिको बैठक बस्दैछ । आजको बैठकमा कोरोना महामारीको रोकथाम का लागि लकडाउन लाई कुन मोडालिटीमा लैजाने लगायत विविध बिषयमा छलफल तथा निर्णय गरीने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

कर्मचारीहरुबाटै कोरोना सङक्रमणको जोखिम बढेको स्वीकार्दै यसलाई के कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बिषयमा समेत आजको बैठकमा छलफल गरीने प्रजिअ ढकालले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार