देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कलंकी-नागढुंगा सडकखण्ड सिसीटिभि जडान गरिने

0

काठमाडौं – त्रिभुवन राजपथ अन्तर्गत कलंकी-नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म सिसीटिभि जडान गरिएको छ ।

सो सडकखण्डमा सिसीटिभि जडानका लागि चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रुपैयाँको लागतमा जडान गरिएका अत्याधुनिक ६८ वटा सिसिटिभि हस्तान्तरण गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले शुक्रबार आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल मार्फत सो सिसिटिभि महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सिसिटिभि जडान आम नागरिकको विकास, समृद्धि र सुरक्षाको आकांक्षा पूरा गर्ने एउटा माध्यम भएको बताए । हरेक नागरिकको हर्कतलाई निग्रानी गरी चोरी, लुटपाट लगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभि जडानले महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाई छ ।

हस्तान्तरण कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले सिसिटिभि जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत पुर्‍याउनुका साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने बताए ।

चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा वडा अध्यक्षहरु, प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार