देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कलमले निर्वाचनमा कमाल गर्छ’ – अध्यक्ष नेपाल

0

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न कलमले कमाल गर्ने बताएका छन्।

एकीकृत समाजवादीले काठमाडौंमा आयोजना गरेको होली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा चुनाव चिह्न कलमले अत्यधिक मतका साथ विजयी हासिल गरेर कमाल गर्ने बताएका हुन्।

उनले भने, ‘पार्टीको सामथ्र्य निर्वाचनमा पनि देखिने भएकाले यसमा केन्द्रीत हुन सबैलाई आग्रह गर्दछु। आफूहरुलाई खिसिट्युरी गर्नेहरुको हरिविजोग आगामी चुनावमा हुन्छ।’

पार्टीको शक्ति चुनावी मैदानमा देखिने भन्दै आउने चुनावले जनतालाई फैसला गर्ने अधिकार दिएको उनले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार