देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कस्तुरीको बिना सहित काठमाडौंबाट दुई जना पक्राउ

0

काठमाडौं – प्रतिबन्धित कस्तुरीको बिना सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित सालिक चोकबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे पाँचखाल नगरपालिका-८ चिसापानी घर भई काठमाडौं बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र सोही ठाउँ घर भई काठमाडौं डल्लु बस्ने ३६ वर्षीय राम कुमार लामा रहेका छन् ।

दरबारमार्ग क्षेत्रमा प्रतिबन्धित कस्तुरीको बिना अवैध रुपमा किनबेच गर्नको लागि लुकाई छिपाई ल्याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १ थान कस्तुरीको बिना र ४ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार