देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कस्ले किर्ते गर्यो डा. बाबुराम भट्टराईको हस्ताक्षर ?

0

काठमाडौं – जनता समाजवादी पार्टी संघिय परिषद अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हस्ताक्षर किर्तेभएको आशंका गरिएको छ । जसपा बाट लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जनालाई कारबाही गर्ने केन्द्रीय कार्यकारीणिका बहुमत सदस्यको हस्ताक्षरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम किर्तेगरी राखिएको आशंका उब्जिएको हो।

एकीकरणपछि संघीय परिषद अध्यक्षको जिम्मेवारी नदिँदा र वरियताक्रम नटुंगिएको बेलाकै नामलिष्ट तयार पारी हस्ताक्षर संकलन गरेको आशंका गरिएको छ। उक्त हस्ताक्षरका बिषयमा बुझ्न खोज्दा स्वास्थ्य उपचारका क्रममा रहेका कारण डा. भट्टराईसँग सम्पर्क हुन सकेन ।

जसपामा महन्थ ठाकुर पक्षलाई थाहा नै नदिई लुम्बिनी प्रदेश सभा सचिवालयमा बहुमतको नाममा २६ जनाको हस्ताक्षर रहेको पत्र पठाइएको थियो। उक्त पत्रमा चार सांसदलाई पदमुक्त गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावमा जाने विषय उल्लेख गरिएको छ भने बैठक केन्द्रीय कार्यकारीणि समितिको भनिएको छ।

बैशाख १४ गतेको मितिमा जसपा नेता उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारीणि समितिको बैठकमा बाबुरामको नाम भने क्रमसंख्या भन्दा माथि राखिएको छ। उनको हस्ताक्षर भएको नामसहितमा क्रमसंख्या नहुनु संकास्पद भएको बताइएको छ।

सन्तोषकुमार पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (क) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(क) बाट प्रत्यक्ष निर्वाचित सांसद तथा  सुमन शर्मा रायमाझी र कल्पना पाण्डे  समानुपातिक सांसद सरकारमा सहभागी भएपछि ठाकुर पक्षले स्वागत गरेको थियो। तर उपेन्द्र यादव समूहले पनि कारबाही गरेको पत्र नै पठाएको दाबी गरेको छ। उक्त पत्र र बैठकका निर्णयमा आशंका सुरु भएको छ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार