देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कहिलेकाहीँ बोल्दा ‘अनकन्ट्रोल मिसाइल’ हान्ने गरेको छु – अध्यक्ष ओली

0

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आफ्नो अभिव्यक्तिमा ‘अन्कन्ट्रोल मिसाइल’ प्रहार गर्ने गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा अयोजित ‘संसद्‍मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्ना अभिव्यक्ति कहिलेकाहीँ अनियन्त्रित हुने गरे पनि विचार प्रवाहमा भने कहीँ पनि त्रुटि नभएको जिकिर गरेका हुन् ।

‘मैले संसद्‍मा बोल्दा, अन्यत्र बोल्दा देशप्रतिको, जनताप्रतिको, त्यही निष्ठाका साथ बोलेको छु । तर मैले अघि नै भनेँ अलि सावधानी साथ बोल्नुपर्ने रहेछ, होसियारीका साथ बोल्नुपर्ने रहेछ । दाहालजी(पुरुषोत्तम)ले भनेजस्तै अनकन्ट्रोल मिसाइल हान्ने हो । त्यसपाराले बोलेँ । यसको अर्थ सावधानीको कमी हो । तर, विचारमा त्रुटि होइन । मिसाइल भने ठीक ठाउँमा ताकेर हानेको छु तर एउटा हान्दा पुग्ने ठाउँमा कहिलेकहिले ५/७ वटा हानेको छु । त्यसैलाई अन्कन्ट्रोल भन्नुभएको होला ।’

ओलीले संसद् वा बाहिर कुनै पनि ठाउँमा आफूले दिएको अभिव्यक्ति देश र जनताप्रतिका समर्पणभावमा केन्द्रित रहेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार