देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेसको चुनावी गीत र प्रचारप्रसारको श्रव्यदृश्य सामग्री सार्वजनिक गरिँदै

0

काठमाडौं – नेपाली काँग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघले ‘चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

स्थानीय तह निर्वाचनको संघारमा संघले चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्न लागेको आयोजक संस्थाले जनाएको हो ।

बिहिबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने गोष्ठीलाई महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता गुरुराज घिमिरेले सम्बोधन गर्ने जनाइएको छ ।

संघका महामन्त्री शिवशंकर प्रसाद रिजालले गोष्ठीमै संघले तयार गरेको चुनावी गीत र प्रचारप्रसारको श्रव्यदृश्य सामग्रीसमेत सार्वजनिक गरिने जानकारी दिए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार