देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

0

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेको भन्दै तत्कालका लागि जिल्ला अधिवेशन स्थगित गरिएको कांग्रेसले जानकारी दिएको हो।

नेपाली कांग्रेसका अधिवेशन गर्न बाँकी सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन अनिश्चितकालकालागी स्थगित गरिएको हो ।

यसअघि पनि २७ पुसका लागि तोकिएको जिल्ला अधिवेशन माघ १५ गतेका लागि सार्ने निर्णय भएको थियो।

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन २४-२७ मंसिरमा सम्पन्न भइसकेको छ। तर, क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन।

नेपाल समय
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार