देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेसमा चुनौतीका चाँङ चढ्दै गगन थापा

0

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सबैभन्दा चर्चामा रहेका नेता हुन् महामन्त्री गगन थापा । नेपाली राजनितिकै लोकप्रिय नेता मध्येमा अग्र स्थानमा रहेका र राजनितिक सम्भावना देखिएका नेपाली युवा नेतामा गगनमा यतिबेला जनताको अपेक्षा र ओजिलो विश्वासको भार रहेको देखिन्छ ।

समयक्रममा सबैको लोकप्रियता एकैनास रहने कुरा हुँदैन निश्चय नै गगनप्रति शंका र अविश्वासहरु जन्मिएका छन्। तर अन्य नेता सत्तामा पुगेपछि आफ्नो छविलाई जुन गतिमा गिराउँछन्, गगनले छोटो समय स्वास्थ् मन्त्रालय सम्हाल्दा त्यस्तो हुन दिनन्। त्यो अर्थमा पनि गगन थापामाथी धेरैको आशा र भरोषा रहिरहने कुरामा बल पुगेको छ ।

गगनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्झनायोग्य नै बनाए। उनले मन्त्रालयमा रहेर कायापलट नै गरे भन्ने त हैन तथापी अन्य मन्त्रीको तुलनामा भने राम्रै प्रभाव देखाउन सफल भए। यो अर्थमा गगनसँग देशले वा जनताले सकारात्मक अपेक्षा गर्नु स्वभाविक देखिन्छ।

नेपाली कांग्रेस लोकतान्त्रिक आदर्श र सिद्धान्तको वकालत गर्ने पार्टी हो। नेपाली कांग्रेसले इतिहास बनाउँदै जाँदा यसको नेतृत्व पनि वृद्धहरुको हातमा पुग्यो। नेतृत्वमा वृद्ध वा पाको व्यक्ति आउनु भन्दापनि वृद्ध भएकाले मात्र नेपाली कांग्रेसको नेतृत्व पाउनु चाहिँ एक लोकतान्त्रिक दलको लागि अभिसाप सिद्ध हुँदै गएको छ ।

कांग्रेसमा नेतृत्व लिनुअघिको धेरै समय गुट निर्माणमा खर्च गर्नुपर्ने परम्परा जस्तै बनेको छ। बलियो गुट नै नेतृत्व हत्याउने प्रमुख आधार देखिने काँग्रेसमा यतिबेला गगन भने गुट विहिन जस्ता देखिएका छन् । महाधिबेशनका समयमा संस्थापन इतरको गुटलाई शेखर-गगन गुट भनेर चिनिँदै आएकोमा पछिल्लो समय गगन- विश्व गुट भनिन थालिएको सुनिन्छ । यद्यपी प्रदिप पौडेलको नाम समेत यसै समुहमा लिन थालिएको छ ।

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल देउवाको दौराको फेर समातेर मुलुकको विशिष्ठ पदमा पुगेपछी सोहि बाटो पछ्याउँदै पार्टी सभापति हत्याउने लाइनमा शेखर कोइराला लागेको भन्ने राजनितिक वृत्तमा चर्चा चल्न थालेको छ । कोइराला भने आफुलाई मध्यमार्गीका रुपमा चिनाउने प्रयत्नमा तल्लिन देखिन्छन् ।

करिब एकबर्षपछी बसेको र सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गरिएको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा संख्यात्मक रुपमा अल्पमतमा परेजस्तो देखिएका काँग्रेस महामन्त्री द्वयको एजेण्डामा भने अधिकांश काँग्रेस समर्थक तथा कार्यकर्ताको भावना समेट्न खोजिएको छ । नेपाली राजनिमा उल्टो बाटो अपनाउन सक्ने नेताका रुपमा परिचित थापा नेपाली काँग्रेसको तर्फबाट गणतन्त्रको एजेण्डा बोक्ने स्पहिलो पात्र थिए । जुन समयमा नरहरी आचार्य लगायत केहि नेताहरु मात्रै थापा सँगै थिए । तथापी कालान्तरमा गणतन्त्र पार्टीको आधिकारिक मुलधार अथवा सिद्धान्त बन्न पुग्यो ।

काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा देउवाको वर्चस्व रहेको संस्थापन समुहबाट एक्ल्याउन खोजिएका गगन आफ्नो एजेण्डामा अडिग रहेर संयमतापुर्वक शालिन ढङ्गले प्रस्तुत हुँदैगर्दा बिना तर्क सतहमा सभापतिको कोप भजनमा रमाउनेहरुकालागी उनको प्रस्तुतिले गतिलै झापड दिएको देखिन्थ्यो । काँग्रेसका बैठकमा विरलै प्रयोग हुने फरक मत ‘नोट अफ डिसेन्ट’ ८० प्रतिशत भन्दा बढि केन्द्रिय सदस्यको समर्थन नहुँदैगर्दा र प्रत्यक्ष प्रशारण समेत गरिएको बैठकमा दस्तावेजका रुपमा दर्ज गराउनु आफैंमा चुनौतिको बिषय हो । जसलाई गगनले बढो बुद्धिमतापुर्ण र सुझबुझका साथ दर्ज गराएका थिए ।

यतिबेला नेपाली कांग्रेसको नेतृत्व गर्दै गगनको प्रधानमन्त्री हुने चाहना पनि घामजत्तिकै छर्लंग भइसक्यो। तर यी सपना देख्दै गर्दा गगनका पनि आफ्नै सीमाहरु छन्। गगन पहिलो संविधानसभाको चुनावदेखि निरन्तर सभासद र सांसदको भूमिका निभाउँदै छन्। संसदमा डेढ दशक बिताइसकेका उनले अब चाँडै नै आफूले चाहेको उपल्लो तहको जिम्मेवारीमा पुग्न सक्नुपर्छ।

गगनकै यस अघिका अभिव्यक्तिलाई आधार मान्ने हो भने उनि पदको लागि मरिहत्ते नगर्ने र ६० वर्षभन्दा माथि सक्रिय राजनीति नगर्ने कुरा पनि बताइसकेका छन्। उनले बोलेका यी कुरा व्यवहारमा उतारे लोकतन्त्रको अवगुण कांग्रेसभित्र खुम्चिँदै जाने मात्रै छैन अन्य कांग्रेसी नेतालाई पनि नैतिकता र आदर्श प्रदर्शन गर्नुपर्ने बाध्यता हुनेछ।

जसले जुन अर्थमा अर्थ्याएपनी करिब एकबर्षपछी बसेको र प्रत्यक्ष प्रशारण गरिएको केन्द्रिय कार्यसमितिको बैठकमा युवा महामन्त्रीको सक्रियतामा सभापतिको समेत सकारात्मक सहयोगमा काँग्रेसले मुलुकको हितकालागी र नागरिकको भविष्यकालागी केहि महत्वपुर्ण निर्णय त अवश्य गरेकै छ । कार्य तालिका सहित प्रस्तुत भएका यस पटकका निर्णयहरु निर्णयका ठेलिमा मात्रै सिमित भएनन् यदि भने यसले नेपाली युवाहरुमा देखिएको राजनितिक अन्यौलता भने केहि हदसम्म हटेर जाने विश्वास गर्न सकिन्छ । भवनाथ आचार्य

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार